१० लाख मानिसको अन्धोपन हटाउन डा. सन्दुक र बेलायती अर्बपतिबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 01:37:19 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व भरीका १० लाख मानिसको मोतियाविन्दुको शल्यक्रिया गर्न तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दूक रुइत र बेलायती अर्बपति तेज कोहलीबीच सम्झौता भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. सन्दूक रुइत–तेज कोहली फाउन्डेसन घोषणा गर्दै उनीहरुबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भएको हो । 

नेपालसहित भारत, इन्डोनेसिया, म्यान्मार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरियालगायत १६ मुलुकमा यो फाउन्डेसनले अन्धोपन हटाउने अभियान चलाउने छ । 

मोतियाविन्दुबाट दृष्टिविहिन बनेका विश्वका १० लाख मानिसलाई पुनः दृष्टि प्रदान गर्ने लक्ष्य राखिएको बेलायती अर्बपति तेज कोहलीको भनाई छ । सन् २०२६ भित्रै ४ लाख मानिसको मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । 

हाल विश्वका ९ करोड मानिसमा मोतियाविन्दुको समस्या देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved