चिकित्सक भन्छन्, 'काठमाडौंमै छैनन् संक्रमितलाई बेड, टुँडिखेलमा अस्थायी अस्पताल बनाऔ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 01:26:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमित तिब्र रुपमा बढिरहेकाले काठमाडौं उपत्यकाको अवस्था असहज बन्दै गएको पाइएको छ। संक्रमितको संख्या बढिरहेकाले काठमाडौं उपत्यकाका अस्पतालमा बेड पाउन कठिन हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्। 

काठमाडौं उपत्यकाका अस्पतालमा कहीं पनि बेड मिलाउन सक्ने अवस्था नरहेको नेपाल मेडिकल काउन्सिलका सदस्य समेत रहेका नेपाल चिकित्सक संघका प्रवक्ता तथा सह-कोषाध्यक्ष डा.विश्वराज दवाडी बताउँछन्। 

उनि भन्छन्, "काठमाडौं उपत्यकाका अस्पतालमा बेड मिलाउन सकिने अवस्था अहिले छैन, तत्कालको अवस्था टार्नलाई कोरोना संक्रमितलाई अक्सिजनको व्यवस्था सहित टुँडिखेलमा एक हजार बेड सहितको अस्थायी टेन्ट खडा गर्नुपर्ने देखिन्छ।"

कोरोना संक्रमित भएकाहरुलाई कोरोना लागेको ७ देखि ९ दिनसम्म भाइरस पिक अवस्थामा हुने र यसबेला शरीरमा अक्सिजनको कमि लगायतका लक्षण देखिने भएकाले यो समय टार्नलाई पनि यस्ता लक्षण देखिएका संक्रमितलाई अक्सिजन सहितको बेडको खाँचो पर्ने दवाडीले बताए। 

दवाडी भन्छन्, "कोरोना संक्रमितलाई चाहिएको बेला अक्सिना दिन सकियो भने उसको ज्यान बचाउँन सकिन्छ तर काठमाडौं उपत्यकाका अस्पतालमा बेड उपलब्ध नभएकाले  अक्सिजन सहितको अस्थायी बेड निर्माण गर्नुपर्ने देखिन्छ।"

केहि भ्रमका कारण पनि अस्पतालमा कोरोना संक्रमितको संख्या बढेको समेत उनले बताए। शरीरमा अक्सिजन लेभल ९५ प्रतिशत कम भएमा तुरुन्त अस्पताल जानुपर्ने संदेश बाहिर गएकाले मानिसहरु ९५ प्रतिशत भन्दा कम हुने बित्तिकै हिडेरै भएपनि अस्पताल पुग्ने गरेको उनि बताउँछन्। 

उनकाअनुसार कोरोना संक्रमित भएकालाई स्वाश प्रस्वासमा समस्या भएमा तथा छाति दुख्ने भएमा मात्र अस्पताल जाँदा हुनेमा अक्सिजन लेभल ९५ प्रतिशत कम हुने बित्तिकै अस्पताल दौडिने प्रवृतिले एकातर्फ अस्पतालमा घुइँचो बढेको छ भने अर्का तर्फ कोरोना संक्रमितले अरुलाई कोरोना सार्ने क्रम पनि बढेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved