लोमसले पायो रसियन खोप ल्याउने अनुमति, केही समयपछि नेपालमै उत्पादन गर्ने तयारि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 01:14:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना बिरुद्धको रसियन खोप  ‘स्पुतनिक भी’ ल्याउनलाई औषधि व्यवस्था बिभाग डीडीए ले अनुमति दिएको छ। लोमस फर्मालाई ५० लाख डोज रसियन खोप आयातको लागि अनुमति दिईएको बिभागले जनाएको छ। 

बिभागकाअनुसार लोमसलाई १० प्रतिशत भन्दा मुनाफा लिन नपाउनेगरि लोमसलाई ५० लाख डोज खोप ल्याउने अनुमती दिइएको हो। रसियन खोप आयातका लागि लोमसले आवेदन दिएको विभागले अप्रिल २८ मा जानकारी दिएको थियो।

‘स्पुतनिक भी’ खोप रसियन सरकारको आफ्नै उत्पादन भएकाले अनुमती पाएको ५० लाख डोज खोप ल्याउने प्रकृया सरकारी स्तरबाटै  भएको बताईएको छ। 

रसियन खोप ल्याउने अनुमति पाएपनि आफुहरुले नेपालमा नै यो खोप उत्पादन गर्ने तर्फ अध्ययन अनुसन्धान तथा काम गरिरहेको लोमस फर्मास्युटिकलका प्रबन्ध निर्देशक प्रज्वलजंग पाण्डेले बिजपाटीलाई बताए। लोमस  फर्मास्युटिकल नेपालमै औषधि उत्पादन गर्ने औषधि उत्पादक कम्पनी भएकाले नेपालमै खोप उत्पादन गर्नेमा आफुहरुले जोड दिएको उनले बताए।

यससंगै कोरोना बिरुद्धको अनुमती पाउने कम्पनीको संख्या ३ पुगेको छ। यसअगाडी बिभागले विजय दुगड र उनका छोरा अभिषेक दुगड तथा सुरज वैद्य र उनकी श्रीमती रितुसिंह वैद्य सेयरहोल्डर रहेको कम्पनी "हुकुम डिस्ट्रिब्युसन एण्ड लजिस्टिक प्राइभेट लिमिटेड" लाई अक्सफोर्ड, एक्स्ट्राजेनिकाको अनुसन्धान तथा  भारतको पूणेस्थित सिरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड भ्याक्सिन आयात गर्न अनुमती दिएको थियो। त्यस्तै इब्राल्ड फर्मालाई भारत बायोटेकको कोभ्याक्सिन ल्याउन अनुमती दिएको थियो। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved