सय बेड भएका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 06:18:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अब सय बेड भएका सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले कम्तीमा सय बेड भएका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने बताएको हो । 

स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको  स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रको बैठकले अक्सिजन प्लान्ट जडान गर्न र जडान गरेको जानकारी मन्त्रालयमा गराउन निर्देशन दिने निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । 

अक्सिजन अभावमा मृत्यु हुने कोभिड संक्रमितको संख्या बढेसँगै यस्तो निर्णय गरिएको प्रवक्ता गौतमको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved