अक्सिजन सिलिण्डर जोड्दै सीसीएमसी, केही दिनमै हुँदैछन् यी ५ काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 06:33:16 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिडका बिरामीलाई अक्सिजन अभाव हुन नदिन सरकार सिलिण्डरको जाहो गर्न लागिपरेको छ । विभिन्न देशबाट अक्सिजन सिलिण्डर आयात गर्ने र ति सिलिण्डर भरेर अस्पतालमा पुर्याउने अभियानमा सरकार रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । 

के के हुँदैछन् काम ? 

१) चीनको स्वशासित क्षेत्र तिब्बतले सहायता स्वरुप प्रदान गर्ने १५० लीक्वीड अक्सिजन कन्टेनर नेपाल ल्याउने तयारी । चिनियाँ पक्षले यथासक्य चाडो उक्त स्वास्थ्य सामग्री तातोपानी नाकामा हस्तान्तरण गर्ने । 

२) चीन सरकारले उपलव्ध गराउने ५ मिलियन युआन अनुदान सहायता अन्तरगत ३५०० अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये ४०० अक्सिजन सिलिडर र १० भेण्टिलेटर मध्ये दोस्रो लटको १६ सय अक्सिजन सिलिण्डर नेपाल ल्याउनको लागि नेपाल एअरलाइन्सको चार्टर जहाज पठाइने 

३) चीन सरकारले कोभिड सहायता अन्तरगत नेपाललाई उपलव्ध गराउने थप ५ मिलियन युआन बरावरको सहयोग एअर बेस्ड अक्सिजन जेनेरेटर युनिट्स उपलव्ध गराइदिन अनुरोध गर्दै नेपाली राजदूतावास वेइजिङ मार्फत अनुरोध 

४) अमेरिकाको सहयोगी संस्था कम्युनिटी पार्टनर्स इन्टरनेशनल, सानफ्रान्सिस्को र नेपाली समुदायको सक्रियतामा खरीद गरिएको १०० अक्सिजन कन्सन्ट्रेटर निकट केही दिनमा नेपाल आइपुग्ने 

५) ओमानस्थित नेपाली राजदूतावासले स्थानीय नेपाली समुदायको सहयोगमा ६०० खाली अक्सिजन सिलिण्डर १५ मे, २०२१ मा विमान चार्टर गरी पठाउने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved