कोरोना संक्रमितको उपचारमा डब्लुएचओद्वारा नयाँ औषधि सिफारिस

रासस

रासस

Jul 07, 2021 | 05:32:44 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उपचारका लागि नयाँ औषधि सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ ।  

औषधिसम्बन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोनाभाइरसविरुद्ध यो औषधि उपयोगी हुने निष्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरूले बताएका छन् । डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधिका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययनमध्येको एक भएको जानकारी दिइएको थियो । 

“कोरोनाभाइरसका कारण गम्भीर अवस्थामा रहेका विरामीलाई पनि यसले सन्चो गराएको पाइएको छ, यसले विषेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्रभावकारी भएको देखिएको छ,” डब्लुएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved