चीनबाट आयो ८ लाख डोज कोरोनाको खोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 10:32:14 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनबाट ८ लाख डोज कोभिड भ्याक्सिन काठमाडौँ आईपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आठ लाख डोज भेरोसेल खोप काठमाडौँ ल्याएको हो ।

नेपालले चीनको सिनोफार्म कम्पनीबाट खरिद गरेको ४० लाख डोज खोपमध्ये पहिलो पटकमा ८ लाख डोज खोप ल्याईएको हो । अब बाँकी खोप लिन निगमको जहाज असार ३१ गते र साउन ७ मा चीन जानेछ।

आज ल्याइएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसअघि कोभ्याक्समार्फत ३ लाख ४८ हजार डोज खोप आएको थियो । हालसम्म ४२ लाख ४८ हजार खोप आइसकेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved