कोजेन्ट हेल्थ बन्यो स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2021 | 03:49:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेची अञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बीमा व्यवस्थापन प्रणालीको सुरूवात गरेको छ । योसँगै कोजेन्ट हेल्थ स्वास्थ्य बीमा बोर्डद्धारा प्रवद्र्घित आइएमआइएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा प्रदायक कम्पनी बनेको छ ।  

एकीकृत प्रणालीको सुरुवातसँगै स्वास्थ्य बीमामा आबद्घ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिरामीहरू स्वास्थ्य बीमा योजनामा आबद्ध भए नभएको जाँच गर्न र आबद्ध भएका बिरामीहरूको हकमा स्वास्थ्य बीमा सम्बन्धी आवश्यक विवरणको जानकारीको लागी कोजेन्ट हेल्थको इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको उपयोग गर्न सक्नेछन् । 

स्वास्थ्य संस्थाहरूले सफ्टवयेरमार्फत् डिजिटल रूपमै बिरामीको बीमा दाबी गर्न सक्षम हुने भएका छन् । योसगँै हालसम्म स्वास्थ्य सेवा प्रदायकले बीमा दावी गर्न बीमीतलाई स्वास्थ्य सेव ाप्रवाहको क्रममा दिइएको सेवाको कागजात छुट्टै साइटमा प्रविष्ट गरिरहनुपर्ने दोहोरो र समय खपत हुने अवस्थाको अन्त्य हुने भएको छ । 

इलेक्ट्रोनिक हेल्थ रेकर्ड र बीमा सूचना प्रणाली जस्ता दुर्ई महत्वपूर्ण प्रणाली एकीकृत हुँदा नेपालमा अत्यावश्यक डिजिटल स्वास्थ्य इकोसिस्टम निर्माणमा सहयोग पुग्ने अपेक्षा लिईएको छ । 

कोजेन्ट हेल्थले पहिले नै फिनटेक र भुक्तानी प्रणालीसँग आफ्नो प्रणालीलाई एकीकृत गरीसकेको छ र डिजिटल स्वास्थ्यको क्षेत्रमा आवश्यक पर्ने महत्वपूर्ण प्रविधि निर्माण गर्दै आएको छ । 

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले  इलेक्ट्रोनिक हेल्थ रेकर्ड (ईएचआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ । कोजेन्ट हेल्थद्धारा निर्मित कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब, ई–अपोइन्टमेन्ट र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका ५० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved