सोवा हेल्थ केयर सेन्टरको सेवा बिहिबारबाट, १ महिनासम्म २५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 03:22:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सोवा हेल्थ केयर सेन्टरले यहि नोभेम्वर २५ अर्थात मंसिर ९ गते विहिबार सेवा सञ्चालनमा ल्याउने भएको छ । ललितपुरको एकान्तकुना स्थित स्विस् एम्बेसी नजिकै सोवा हेल्थ केयर सेन्टर सञ्चालनमा आउन लागेको हो ।

सोवाले प्याथलोजी ल्याव, अल्ट्रासाउण्ड, इको, एक्सरे, टिएमटी, पीएफटी, हल्टर, एवीपी लगायतका सेवाप्रदान गर्ने जनाएको छ । विशेष सेवा अन्तर्गत कस्टमेटिक, इण्डोस्कोपी र भ्याक्सिनेसन लगायतका सेवाहरु पनि सोवाले प्रदान गर्नेछ ।

वरिष्ठ विशेषज्ञ चिकित्सकहरु र अनुभवी व्यवस्थापकहरुबाट सञ्चालित हेल्थ केयर सेन्टरबाट सेवाग्राहीले छिटो र छरिटो सेवाप्राप्त गर्ने कम्पनीले जनाएको छ। हेल्थ केयर सेन्टर बिहान ७ बेजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहने छ । सेवा सञ्चालनमा ल्याएको अवसर पारेर सोवाले सेवाग्राहीलाई नोभेम्वर २५ देखि डिसेम्वर २५ सम्म एक महिना हरेक सेवामा २५ प्रतिशत रकम छुट दिने जनाएको छ ।

सोवाले जनरल हेल्थ केयर प्याकेज, वुमेन हेल्थ केयर प्याकेज, कार्डियाक हेल्थ केयर प्याकेज, डाइबिटिज केयर प्याकेज,थाइराइड प्याकेज सहितका सेवा पनि प्रदान गर्ने उल्लेख गरेको छ । यी सेवाहरुका साथै घरमै गएर होम केयर सेवा तथा नमुना संकलन सेवा समेत उपलव्ध गराइने सोवाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved