सोपान फर्मास्यूटिकल्सद्वारा ६ प्रकारका औषधिको बिक्रि वितरण सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2022 | 10:53:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सोपान फर्मास्यूटिकल्स लिमिटेडले औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको छ । कम्पनीले आज एक औपचारिक कार्यक्रम गर्दै औषधि सार्वजनिक गर्नुको साथै अत्याधुनिक प्रविधिको माध्यमबाट विभिन्न किसिमका गुणस्तरिय औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको घोषणा गरेको गरेको हो ।

कम्पनीले हाल Alerz, Anuer, Cyprite, Montrin, Myzith र Onmit नामका औषधिको बजारीकरण सुरु गरेको हो ।  कोभिड–१९ महामारीको समयमा सोपान फर्मास्युटिकल्स लिमिटेडले अत्यावश्यक अक्सिजन उत्पादन गरी विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सर्वसुलभ रुपमा उपलब्ध गराई नेपाली जनताको स्वस्थ्यमा प्रत्यक्ष सहयोग पु¥याएको कम्पनीले जनाएको छ  । कम्पनीले कोभिड–१९ महामारीको दोस्रो लहरमा देशभरी सहज रुपमा ढुवानी गर्न सकिने पोर्टेबल र अकस्मात पर्दा प्रयोग गर्न सकिने अक्सिनज क्यानको उत्पादन तथा बजारिकरण गरी नेपाली जनताको स्वास्थ्य सेवामा अनुकरणीय योगदान गरेको पनि उल्लेख गरेको छ । 

सोपान मल्टिपल कम्पनी एउटा इन्भेस्टमेन्ट कम्पनी हो । यस कम्पनीले शिक्षा, स्वास्थ्य र उर्जा क्षेत्रमा विगत तेह्र वर्ष देखि लगानी गर्दै आइरहेकोमा हाल औषधि क्षेत्रमा लगानी गर्ने क्रममा सोपान फर्मास्यूटिकल्स लिमिटेड मार्फत एक सय २७ करोड लगानी गरेको हो । 

कम्पनीको वार्षिक उत्पादन क्षमता ९० करोड ट्याब्लेट, ७ करोड क्याप्सुल्स, ३ लाख लिटर लिक्विड, २० लाख बोतल ड्राई पाउडर, र ३० लाख ट्युब ओईन्टमेन्ट रहेको छ  । 

कम्पनीले विश्व स्वास्थ्य संगठनले तोकेको GMP Guidelines लाई अक्षरस पालना गर्दै अत्याधुनिक HPLC System, Clean Room System तथा Water Purification System को व्यवस्था गरिएको जनाएको छ। साथै औषधिहरुको गुणस्तरीयता परिक्षण गर्नको लागि आबश्यक पर्ने HPLC उपकरण तथा अन्य आवश्यक उपकरणहरु जडान गरिएको कम्पनीले उल्लेख गरेको छ। साथै औषधिको Trial Batch तथा Stability Test गर्नको लागी अत्याधुनिक किसिमका Research and Development (R&D) तथा Microbiology Lab स्थापना गरि संचालन गरिएको र कारखानाबाट निस्कने औषधिजन्य फोहोरहरुलाई सुद्धिकरण गर्नको लागी Effluent Treatment Plant (ETP) जडान गरी औषधिजन्य फोहोर व्यवस्थापन गरिएको कम्पनीले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved