नेपाल पनि मंकीपक्स भाईरसको जोखिममा, विशेष सावधानी अपनाउन सरकारको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2022 | 01:16:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए । उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हपता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताए । सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताए । विश्व स्वास्थ्य संगठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि उनले बताए  ।

सहप्रवक्ता अधिकारीले भने , ‘विदेशबाट आउनेहरुले कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा बसिदिनुहोला । व्यक्तिगत सरसफाईको कुराहरु बढी महत्वपूर्ण छ । कुनैपनि चिजहरु सकेसम्म नछुने, छोइहाले साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । यस्तो गर्दा हामीमा यदी भाइरस आएको छ भनेपनि निस्क्रिय भएर जान्छ । कसैको शरीरबाट निस्किएका छिटाहरु हाम्रो शरीरमा आइनपुगोस् र हामीबाट अरुको शरीरमा नपुगोस् भन्न मास्कको प्रयोग गर्नुपर्छ । कोही त्यो क्षेत्रबाट आएको व्यक्ति छ, जो ज्वरो आएको छ, शरीरमा फोका आएको छ, जिउ चिलाउने भएको छ भने तत्काल नजिकमा रहेको स्वास्थ्य संस्थामा गएर सम्पर्क ग¥यौं भने  त्यसको उपचार गर्न सहज हुन्छ र अरुलाई पनि सर्दैन ।’

सहप्रवक्ता अधिकारीले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताए । उनले यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरे । मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि बताए । उनले मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिव तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताए । मंकीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको पनि बताए । उनले मंकीपक्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा आइसकेको पनि बताए  ।  

सहप्रवक्ता अधिकारीले भने , ‘यो शरीरमा प्रवेश गरेपछि शरीरमा फोकाहरु हुने, विमिरा आउने, ज्वरो आउने, ग्रन्थीहरु सुन्निनेजस्ता समस्या हुनसक्छ । बालबालिकाहरुलाई यसले अलि बढी असर गर्दछ । सरसफाइमा ध्यान दिऔँ, बाहिरबाट आएका व्यक्तिहरुलाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने, दूरी कायम गर्नुपर्छ । साथै व्यक्तिगत सरसफाई गर्नुपर्छ । हामीले अहिलेसम्म त्यस्तो पाएका छैनौँ । प्रवेश नाकाहरुमा निगरानी गर्ने कुरालाई चुस्त दुरुस्त बनाउनका लागि आवश्यक तयारी गरेका छौँ । विश्व स्वास्थ्य संगठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा छौँ । प्राविधिक रुपमा आएका सुझावका आधारमा सरकारले लिने आवश्यक कदम हामी लिँदै जान्छाँै । मंकीपक्स संक्रमण भएर मानिसको मृत्यु हुने अनुपात संक्रमण भएका व्यक्तिमध्ये १० प्रतिशतसम्ममा मृत्युदर हुनसक्छ भन्ने अहिलेसम्मको तथ्यांकहरुले देखाउँछ । केही समयपछि आफैँ हराएर पनि जानसक्छ । कसैलाई ३ देखि ४ हप्तास्म्म पनि लक्षण रहन सक्छ । दुईदेखि तीन हप्ताभित्रमा लक्षण देखाउँछ । अरु व्यक्तिमा सर्ने सभवना पनि यही समयावधि नै हो । मंकीपग्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा पनि आइसकेको छ ।’

मंकीपग्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जंगलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातीका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, ¥याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो संक्रमण हुनसक्छ । यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्युन रहेको हालसम्मको अध्ययनले देखाएको छ । यो समाचार तयार पार्दासम्म विश्वका ७ देशमा ३० जना भन्दा धेरै मानिसहरुमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ । पछिल्लो समय यसको संक्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै संक्रमण भइ सरेको हुनसक्ने अनुमान छ । यसका अधिकांश लक्षण स्मल पंक्स भाइरससँग मिलेको विज्ञहरुको अध्ययनले देखाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved