धनगढीका स्वास्थ्यकर्मी ६ महिनादेखि तलबबिहिन, मेयर भन्छन् 'पैसा नदिने भए कर्मचारी फिर्ता लैजाउ'

झलक दवाडी

झलक दवाडी

Mar 27, 2023 | 08:59:43 AM मा प्रकाशित

laxmi  sunrise bank

कैलालीको धनगढी उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी स्वास्थ्य सेवाका कर्मचारी कार्यरत हुँदा तलब खुवाउन समस्या भएको छ । उपमहानगरमा दरबन्दीभन्दा धेरै कर्मचारी थपिदा त्यहाँ कार्यरत स्वास्थ्यका कर्मचारीले ६ महिनादेखि तलब खान पाएका छैनन् ।

उपमहानगरमा कर्मचारी समायोजन हुँदा १६ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी कायम गरिएकोमा ५४ जना स्वास्थ्य सेवाका कर्मचारी पुगेपछि ६ महिनादेखि तलबभत्ता रोकिएको छ ।कर्मचारी समायोजन ऐन,२०७४ अनुसार कायम गरिएको दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् । उपमहानगरपालिकाले जथाभावी सरुवाको सहमति दिएपछि अहिले स्वास्थ्य सेवाका कर्मचारीलाई तलब खुवाउन समस्या भइरहेको छ ।

नगरप्रमुख गोपाल हमाललाई नियमित तलबभत्ता पाउनुपर्ने माग गर्दै कर्मचारीले ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। कर्मचारी समायोजन ऐनअनुसार धनगढीमा १६ जनाको दरबन्दी हो तर अहिले सरुवा सहमति लिएर कर्मचारी आउँदा यो संख्या बढेर ५४ पुगेपछि समस्या भएको उनले बताए।

असोजपछि कसैले पनि तलबभत्ता नपाएको उनले गुनासो गरे। लामो समयदेखि तलबभत्ता नपाएपछि उनीहरूले आइतबारदेखि कार्यालयमा हाजिर गर्ने तर काम नगर्ने चेतावनी दिएका छन् । नियमित तलबभत्ता नपाउँदासम्म कालोपट्टी बाँधेर धर्ना दिने कर्मचारीको चेतावनी छ। नगरप्रमुख हमालले ६ महिनादेखि स्वास्थ्य सेवाका कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेको स्वीकारे। संघीय सरकारसँग तलबभत्ता निकासा गर्न आवश्यक पहल भइरहेको उनको भनाई छ।

अहिले संघीय सरकारले तलबभत्ताका लागि बजेट नपठाएको बताए। स्वास्थ्य सेवाका कर्मचारीले तलबभत्ता नपाएको भन्दै दुई पटक स्वास्थ्य मन्त्रालयमा गएर कुरा गरे पनि रकम प्राप्त नभएको बताए । दरबन्दीभन्दा बढी कर्मचारी हुँदा समस्या भएको उनले बताए ।‘आवश्यकताभन्दा बढी पठाएको संघीय सरकारले तलबभत्ता पनि पठाउनुपर्ने हो, होइन भने संघीय सरकारले कर्मचारी फिर्ता लैजानु पर्छ।’ नगरप्रमुख हमालले भने ।

दबाबमुलक कार्यक्रम सुरु 

धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले ६ महिना देखिको तलब पाउनुपर्ने माग गर्दै दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् । तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाएका हुन् । उनीहरुले आइतबार धनगढी उपमहानगरपालिकाभित्र जम्मा भएर धर्ना दिएका छन् ।

धनगढी उप-महानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरुले आइतबारदेखि सार्बजनिक बिदाको दिन बाहेक धनगढी उप-महानगरपालिका प्रशासन शाखामा हाजिरी गरि नगरपालिकाको प्रांगणमा जम्मा भइ कालो पट्टि बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा संचालन गरिएका कार्यक्रमहरुको प्रतिबेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र बिशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरुमा आन्दोलनरत स्वास्थ्यकर्मीहरु सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रममा उल्लेख छ ।

उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत छ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आएका छन् । बिगत ६ महिना देखि सेवासुविधा नपाउदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved