पत्रपत्रिका र किताबका पन्नामा खानेकुरा ‘प्याक’ गर्न प्रतिबन्ध लगाइँदै, किन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2023 | 11:01:06 AM मा प्रकाशित

laxmi  sunrise bank

अब पत्रपत्रिका तथा मसी प्रयोग भएका कागज (कापी तथा किताब)मा खानेकुरा प्याकिङ गर्न नपाइने नियम आउने भएको छ । खाना तथा खाजाका परिकारहरु होटल तथा रेष्टुरेन्टले उपभोक्तालाई प्याक गरेर दिनुपर्दा पत्रपत्रिकाको प्रयोग गर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै अब पत्रपत्रिकामा खानेकुरा प्याक गर्न प्रतिबन्ध लगाउन लागिएको हो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसका लागि कार्यविधिको मस्यौदा बनाउँदैछ । चटपटे, पानीपुरी, अरु फाष्टफुड आइटमहरुसहित तयारी परिकार पत्रपत्रिकाकामा प्याक गरेर खाने अभ्यास उपभोक्ताबाटै हट्नुपर्ने सरकारका अधिकारीहरु बताउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागी महानिर्देशक डा. मतिना जोशी वैद्यले तयारी खानेकुरा पत्रपत्रिकामा प्याकिङ गरेर घरसम्म लैजाने बानी उपभोक्ताहरुले नै छोड्नुपर्ने र सफा र कुनै पनि मसी प्रिन्ट नभएको झोला माग्ने बानी बसाल्नुपर्ने उनी बताउँछिन् ।

सँगै, यसका लागि विभागले चेतनामूलक काम पनि गरिरहेको छ । प्रिन्टेड पेपरमा खानेकुरा राख्दा विष मिसिने भएकाले पत्रपत्रिका तथा कागजमा खानेकुरा प्याक गर्ने काममा तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने डा. जोशी बताउँछिन् ।

महानिर्देशक डा. जोशीका अनुसार पत्रपत्रिकामा जनस्वास्थ्यमा गम्भीर असर पार्ने खालको रसायन प्रिन्टेड हुने भएकाले तयारी खानेकुराहरु पत्रपत्रिकामा प्याक गर्न बन्देज लगाउन लागिएको हो । यसका लागि कार्यविधि बनाउने काम भइरहेको छ । 

‘सस्तो र मिठो खाजाको रुपमा स्ट्रिट फुड हाम्रा लागि विकल्प हो, तर यस्तो स्ट्रिट फुड प्वाइजनिङ हुनुभएन’ महानिर्देशक डा. जोशीले भनिन्, ‘पत्रपत्रिकामा प्याक गर्दा प्वाइजनिङ हुन्छ ।’

अहिले सडक किनारामा चटपटे तथा पानीपुरी बिक्रि गर्न बसेकाहरुले किताबका पन्ना तथा पत्रपत्रिकामा प्याक गरेर दिइरहेका हुन्छन् । फाष्टफुड तथा बेकरीहरुमा पनि यस्तो क्रम चलिरहेको छ । यसरी मसी प्रिन्ट भएका कागजहरु प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठिरहेको छ । अब भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्यविधि बनाएरै कडाई गर्ने भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved