शिवमले ल्यायो सिमेन्ट उद्योगमै पहिलो मोबाइल एप्स, अनलाइनबाट किन्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 12:17:05 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्ट्सले सिमेन्ट उद्योगहरु मै पहिलो पटक मोवाईल एप सार्वजनिक गरेको छ । कम्पनीले सार्बजनिक गरेको “शिवम् मोवाईल एप” डाउलोड गरेर आफुलाई चाहीएको परिणम अनुसार सिमेन्ट मोवाईल बाटै खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

कम्पनीले ग्राहकको सुविधाअनुसार भुक्तनीकोलागि खल्ती एप, इसेवा, कनेक्ट आइपिएस वा नगत डेलिभरीको सुविधा उपलब्ध गराएको जनाएको छ । कम्पनीकाअनुसार उक्त एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मुल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ।

झन्झट रहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न उक्त एप अत्यन्तै प्रभावकारी रहने कम्पनीले दावी गरको छ ।

कम्पनीकाअनुसार यस एप भित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरु मूल्यमा सुनिश्चित रहन सक्नेछन् ।  उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved