वस्तु उत्पादन नगरी बिक्रि मात्रै गर्ने कम्पनीको इजाजत रद्द गर्न सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 04:47:37 PM मा प्रकाशित

laxmi  sunrise bank

वस्तुको प्रत्यक्ष बिक्री तथा व्यवस्थापनको इजाजत पाएका कम्पनीले २ वर्षसम्म ५० प्रतिशत स्वदेशी वस्तुको उत्पादन तथा बिक्री वितरण नगरेमा इजाजतपत्र रद्द गर्न सिफारिस गरिएको छ । प्रतिनिध सभा अन्तगर्तको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मातहत गठन गरिएको वस्तुको बिक्री तथा व्यवस्थापन सम्बन्धमा अध्ययन समितिले उक्त सिफारिस गरेको हो ।  

वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट इजाजत दिएका अधिकाशं कम्पनीहरुको पूर्वाधार (कार्यालय, सप्टवेयर, जनशक्ति तथा सेवाकेन्द्रहरु नरहेको) वस्तुको प्रत्यक्ष व्यापार गर्ने सम्बन्धमा ठोस कार्ययोजना पेश गर्न नसकेको, कुन विधि र प्रक्रिया अन्तरर्गत रहेर व्यापार व्यवसाय सञ्चालन गर्ने भन्ने अन्योलता कायमै रहेको बताएको छ । 

उक्त उपसमितिले इजाजत प्रदान गरेका कम्पनीहरुलाई समेत कानुनी प्रक्रिया पूरा नगरेको एकिन गरेर मात्र व्यवसाय गर्न दिन र नयाँ इजाजत लिन चाहने कम्पनिहरुलाई समेत भौतिक पूर्वाधार र कानूनले तोकेको सम्पूर्ण प्रक्रियाहरु पूरा भएपछि मात्र इजाजत दिनुपर्ने जनाएको छ । 

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन, २०७४ र नियमावली २०७६ को अधिनमा रहेर व्यवसाय गर्न खोज्ने जोसुकै नागरिकलाई व्यवसाय गर्न प्रतिबन्ध लगायन सक्ने अवस्था नभएको भन्दै इजाजत दिईएका कम्पनीको निरन्तर अनुगमान गर्ने प्रस्ताव गरिएको छ । 

गत साउन १४ गते बसेको समितिको बैठकले उक्त उपसमिति गठन गरेको थियो । एक महिनाको अबधिमा उक्त उपसमितिले इजाजत लिएका ७ कम्पनीका कागजात अध्ययन गरेर प्रतिवेदन पेश गरेको थियो । 

विगतको इतिहास हेर्दा नेटवर्किङ व्यवसायमा पर्याप्त मात्रामा पूँजी लगानी नभएको कारण क्षणिक लाभको लागि व्यवसायमा प्रवेश र बहिर्गमन गरेको देखिएको भन्दै वास्तविक व्यवसायीहरु मात्र प्रवेश गरुन र कुनै कारणवस उपभोक्ताहरु ठगिन पुगे भने उनिहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन चुक्ता पूँजी ३ करोड बनाउन सिफारिस गरिएको छ । 

समितिको अध्ययन प्रतिवेदन अनुसार इजाजत लिएका कम्पनीलाई ६ महिनाभित्र तोकिएको रकम जम्मा गर्न र नयाँ अनुमित दिने कम्पनिलाई अनिवार्य रुपमा ३ करोड बनाउनु पर्नेछ । 

गत असार १६ गतेदेखि विभागबाट अनुमति लिएका ३ कम्पनिको चुक्ता पूँजी २ करोड र बाँकी ४ कम्पनिको १ करोड रहेको छ । जसमा आइबोस ग्लोबल लाइफ इन्टरनेशनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि र ग्लोबल ओरियनस नेपाल प्रालिले २/२ करोड, नेचर हब इन्टरनेसनल, हेल्दी लिभिङ नेपाल प्रालि, केयर मार्टस् इन्टरनेसनल र यु टर्न इन्टरनेसनलले एक/एक करोड चुक्ता पूँजी रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved