जगदम्बाको रंगिन र सादा जस्तापाता उत्पादन सुरु, अग्रवालद्वारा फ्याक्ट्रीको उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2021 | 07:25:37 PM मा प्रकाशित

laxmi  sunrise bank

जगदम्बाले रंगिन र सादा जस्तापाताको उत्पादन सुरु गरेको छ । जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको उद्घाटन गरेका हुन् ।

अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित छ । यस सिआरएम मिलको जटिल डिजाईन, जडान कार्य, कमिशनिगं यसै कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राद्वारा गरिएको हो । जो ग्याल्भालुम् तथा कलर कोटिङ्घ उत्पादन प्रबिधिमा बिज्ञ पनि हुन् ।

विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो । नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाईन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य जस्ता पाताको तुुलनामा मजबुुत र टिकाउ हुने कम्पनीको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved