के कारणले बढ्यो खाने तेलको मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 05:57:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा खाने तेलको मूल्य बढेको जनगुनासो आईरहेको छ । उद्योगीहरुले कारोनाका कारण विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थको मूल्य बढेका कारण बजारमा खाने तेलको मूल्य बढेको सतही उत्तर दिँदै आएका छन् । 

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले विभिन्न २ कारणले मूल्य बढेको जनाएको छ ।

१) खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले १७ महिनामा कच्चा पदार्थको मुल्यमा भएको दोब्वर भन्दा बढी मूल्य वृद्धिका कारण गत वर्षमा महशुल सरदर रु २० प्रति लि. रहेकोमा हाल सरदर रु ४५ भन्दा बढी पुगीसकेको छ ।

२) कोभिड–१९ को कारण ढुवानीमा पर्न गएको असरले गर्दा ढुवानी भाडा वृद्धि हुन गएको, डिजल पेट्रोलको मुल्यमा वृद्धि भएको तथा पहिले भन्दा ढुवानीको समय दोब्बर हुन पुगेकोले अन्तराष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खाने तेलको मुल्यमा प्रति लि. सरदर रु.२०÷– देखी २५÷–सम्म  वृद्धिको असर पर्न गएको छ ।

३) सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्य समेत अन्तराष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ ।

४) हालसम्म पनि चलन चल्तिको अन्तराष्ट्रिय मुल्य अनुसारको नेपालको मुल्य अझै परिमार्जित हुन सकेको छैन ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved