उदयपुर सिमेण्टको ३४ औं बार्षिक साधारण सभा आज, ३५औं बार्षिकोत्सव पनि मनाउदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2022 | 11:36:20 AM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुर जिल्ला जलजले स्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लि. ले यही २०७९ जेष्ठ ३० गते २ बजे आफ्नो ३४औं बार्षिक साधारण सभा गर्दैछ । गत बर्ष जेष्ठ ३० गते एकैदिन १४ बर्षको साधारण सभा सम्पन्न गरि स्थापनाकाल २०४४ साल देखिको रेकर्ड कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख गराई शेयर लगत समेत प्राप्त गरिसकेको छ ।

३४औं बार्षिक साधारण सभाका प्रस्तावहरुमा संचालक समितिको बार्षिक प्रतिबेदन, २०७८ असार मसान्तको वासलात र सोही मितिमा समाप्त बर्षको नाफा-नोक्सान हिसाब, नगद प्रवाह बिबरण लगायतका बित्तीय बिबरणहरु  पारित गरिनेछ । त्यसैगरी लेखापरीक्षक नियुक्ति सम्बन्धि प्रस्ताव पनि छलफल गरि पारित गरिने कार्यक्रम  छ । यस बाहेक विशेष प्रस्ताबमा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने प्रस्ताब पारित हुनेछ । उद्योगको शेयरधनीहरुमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग बिभाग, खानी बिभाग, बाणिज्य बिभाग रहेका छ्न । संचालक समितिको अध्यक्षमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल र संचालक सदस्यमा सोही मन्त्रालयका उपसचिव विशाल सापकोटा, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व कार्यालय लाहानका प्रमुख राजकुमार खतिवडा तथा सदस्य सचिव तथा महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने रहेका छन् ।

त्यसैगरी जेष्ठ ३१ गते उद्योग स्थापनाको दिन पारेर उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव  अर्जुन प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कोल मिल बेल्टको उद्वघाटन गर्ने, उद्योगको खाली जग्गामा १ हजार बिरुवा रोपी उद्योग क्षेत्रलाई हराभरा बनाउने, त्रियुगा नगरपालिकाका मेयर, उपमेयर तथा उद्योगसंग जोडिएका वडाध्यक्षज्यूहरुलाई उद्योगको तर्फबाट बधाई तथा शुभकामना दिने कार्यक्रमहरु गरि बार्षिकोत्सव मनाउने तयारी रहेको कम्पनीले जनाएको छ । त्यसैगरी आफ्नो तीन बर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न गरेका विज्ञ संचालक देवी प्रसाद बराल, नरेश ढकाल र संचालकहरु शुभाष राउत, पदम दाहाल, सम्झना तामाङ्ग (ताम्सुहाङ्ग), महेशलाल यादब र कृष्णचन्द्र मण्डललाई प्रमाणपत्र सहित सम्मान गर्ने समेत कार्यक्रम राखिएको कम्पनीले जनाएको छ ।

सूसासन सहितको उद्योग संचालन गर्नेगरी आ.ब. २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट तर्जूमा गरिए अनुसार नै उद्योग अनवरत रुपमा संचालन भैरहेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसा यस आ. ब. को आजको मितिसम्म झण्डै २०  लाख ७५ हजार बोरा गैंडा छाप ओपिसी सिमेन्ट बिक्री भैसकेको छ भने बजेट लक्ष्य हासिल गर्न  ३ लाख २५ हजार बोरा असार महिनामा बिक्रि गर्नुपर्ने हुन्छ । गत बर्ष २०७७/७८ को पछिल्लो छ महिनामा खर्च मितव्ययिता र बिक्री प्रवर्द्धन भएपनि अघिल्लो ६ महिनाको खर्च र खरिद प्रक्रियाको कारण उद्योगले लगभग ३० करोडको नोक्सानी ब्यहोर्नु परेको थियो । यस आर्थिक बर्ष २०७८/७९ मा  उक्त ३० करोडको नोक्सानी हुन नदिई थोरै मात्र भएपनि नाफामा लगेरै छोड्ने प्रतिवद्वता सहित उद्योग भित्रका ट्रेड युनियनहरु, कर्मचारीहरु, उच्च व्यवस्थापन लगायत आपूर्तिकर्ता, अधिकृत बिक्रेता सबै लागिपरेको कम्पनीले जनाएको छ।

  आ. ब. २०७७/७८ को बित्तीय बिबरणहरु एनएफआरएस अन्तर्गत सम्पत्ति तथा दायित्वको मूल्यांकन गराई तयार गरिएकोले कुल संचित नोक्सानी रु. ५ अरब ५० करोड परिवर्तन भइ रु. ५६ करोडको संचित मुनाफा लेखांकित भएको छ ।

कम्पनीले आगामी बर्षदेखि महालेखा परीक्षकको बिभागबाट समयमै लेखापरीक्षण गराई उद्योगको बार्षिक साधारण सभा कम्पनी ऐनले तोकेको पौष मसान्तभित्रै गरिसक्ने प्रतिबद्वता ब्यक्त गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved