आर्थिक मन्दीको असरः डण्डी बनाउने बिलेटको आयात ६५ प्रतिशतले घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 04:36:09 PM मा प्रकाशित

laxmi  sunrise bank

चरम आर्थिक मन्दीले निर्माण क्षेत्र सुस्ताउँदा निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु संकटमा पर्न थालेका छन् । सिमेन्ट र डण्डीदेखि इँटा भट्टा र क्रसर उद्योगसम्म अहिले उत्पादन ६० प्रतिशतसम्म ‘डाउन’ छ । 

फलामे डण्डी बनाउन आयात गरिने एमएस बिलेटको आयात पछिल्लो ७ महिनामा ६५ प्रतिशतले घटेको छ । नेपालका रोलिङ मिलहरुले बिलेट आयात गरेर त्यसलाई पेलेर टिएमटी फलामे छड बनाउने भएपनि अहिले बिलेटको आयात ६५ प्रतिशतले घटेको छ । 

स्वदेशमै बिलेट उत्पादन गर्ने उद्योगहरु बढेपनि उनीहरुको उत्पादन पनि अत्यन्त कम छ । भारतबाट स्पञ्ज आइरन, आइरन ओर र स्क्र्याप ल्याएर बिलेट बनाउने उद्योगहरु भएपनि उनीहरुको उत्पादन पनि शन्तोषजनक छैन ।

चालु आर्थिक वर्षकोसाउनदेखि माघसम्म १० अर्ब ४९ करोड रुपैयाँ बराबरको बिलेट आयात भएको छ । गत आर्थिक वर्षको यस अवधिमा २९ अर्ब ८७ करोडको बिलेट आयात भएको थियो ।

तरलता अभाव र सरकारले विकास बजेट खर्च गर्न नसक्दा निर्माणको काम ठप्प छ । व्यक्तिगत आवासीय घर, हाउजिङ, अपार्टमेन्टदेखि व्यवसायीक भवनहरु बन्ने क्रम सुस्त मात्रै होइन, रोकिएकै छ भन्दा पनि हुने अवस्थामा रहेको निर्माण व्यवसायीहरुदेखि घरजग्गा व्यवसायीहरुसमेत बताउन थालेका छन् । 

यसको साझो प्रभाव डण्डी, सिमेन्ट, पानी ट्याङ्की, पाइप र बिजुली वायरिङका सामान उत्पादन गर्ने उद्योगमा सम्म परेको छ । यस्ता सबै उद्योगहरु अहिले आधाभन्दा कम क्षमतामा सञ्चालन भइरहेका छन् । 

कतिपय डण्डी उद्योग त बन्द नै भइसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved