'एनएमबिले नेप्सेको उत्कृष्ट ५० कम्पनीको छुट्टै इन्डेक्स बनाउछ', सीईओ घिमिरेको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 12:17:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंक कोष प्रवर्दक र एनएमबी क्यापिटलको व्यवस्थापनमा संचालनमा आउँन लागेको एनएमबी फिफ्टी नामको सामुहिक लगानी योजनाको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई साउन १३ गतेदेखि बिक्रि खुला हुँदैछ।

१० रुपैयाँ अंकित मुल्य रहेको फण्डको इकाईमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड २० लाखकित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। साउन १३ देखि १६ गतेसम्म इकाई बिक्रि खुला रहनेछ। सो अवधिमा सबै इकाई खरिदको लागि आवेदन नपरेमा भदौ १० गतेसम्म आवेदन खुला रहनेछ।

साढे १२ करोड  इकाइ मध्ये १५ प्रतिशत इकाई कोष प्रवर्दक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ। यस हिसाबमा १० करोड २० लाख इकाई सर्वसाधारणको लागि छुट्याईएको छ । इच्छुक लगानीकर्ताले यस इकाईमा धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयरबाट समेत आबेदन दिन सक्नेछन।  

बजारमा संचालनमा रहेका अन्य म्युचुअल फण्डको नेट एसेट भ्यालू (न्याभ) औषतमा १० रुपैयाँ भन्दा कम रहेको अवस्थामा सामुहिक लगानी कोष प्रति लगानीकर्ताको आकर्षणमा कमि देखिएको छ। बैंकहरुले बिगतमा अहिले धेरै अंकको दरमा ब्याज दिएको अवस्थामा सर्वसाधारणको आकर्षण फिक्स डिपोजिटमा समेत देखिएको छ।   

यस्तो अवस्थामा क्यापिटलले फरक प्रकृतिको योजना ल्याएको हो ।   क्यापिटलले यस योजनामा नेप्सेका उत्कृष्ट ५० कम्पनीमा मात्र लगानी गर्ने जनाएको छ । कम्पनी फरक फरक रहेपनि जम्मा कम्पनीको संख्या भने ५० वटा नै हुने क्यापिटलले जनाएको छ । एक बर्षको अध्ययन गरेर विशेष किसिमको योजना ल्याएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताएका छन् । यस योजनाले शेयर बजारमा अवमुल्यन भएका र पुंजी लाभको सम्भावना प्रदर्शित गर्ने कम्पनीहरुमा लगानी गरी उच्च प्रतिफल हासिल गर्ने उदेश्य लिएको सीइओ घिमिरेले बताए । यसबाट नेप्से भित्र कै ५० वटा उत्कृष्ट ५० कम्पनीको छुट्टै इन्डेक्स बन्ने समेत उनले बताए । 

योजना व्यवस्थापक एनएमबि क्यापिटलले कोषबाट लगानीकर्तालाई दोस्रो बर्षदेखि हरेक बर्ष १५ प्रतिशत भन्दा बढी लाभांश  वितरण गर्ने प्रतिबद्दता गरेको छ। ७  बर्ष अवधि रहेको बन्दमुखी यस सामुहिक लगानी कोषबाट इकाईधनीले  कुल १४९.८ प्रतिशत प्रतिफल पाउने बताइएको छ। 



बजारमा संचालनमा रहेका म्युचुअल फण्डले पुर्व घोषणाअनुसार उचित प्रतिफल दिन नसकेको अवस्थामा एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यस फरक प्रकृतिको म्युचल फण्डले लगानीकर्तालाई प्रतिफल कसरि दिन्छ भन्नेमा सबैको चाँसो रहेको छ। एनएमबिले संचालनमा ल्याएका २ म्युचल फण्डको बिगतको रेकर्ड राम्रो रहेकाले पनि यस योजनामा समेत लगानीकर्ताको आकर्षण रहने अपेक्षा गरिएको छ। 

साउन १३ देखि बिक्रि खुला हुने यस  इकाईमा लगानी कति प्रतिफल मुलक हुन्छ ? घोषित लाभांश दिन सक्छ वा सक्दैन ? यस कोषले सेयरबजार बाहेक कस्तो क्षेत्रमा लगानी गरि सेयरधनीलाई आकर्षक प्रतिफल दिन सक्छ भन्ने प्रश्न लगानीकर्तामा रहेको छ। यस्तै चाँसो सम्बोधन गर्नलाई बिजपाटी डटकमका शिव धितालले योजना व्यवस्थापक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेसंग कुराकानी गरेका छन।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश:





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved