यसरी भयो साधना लघुवित्तको आईपिओ बाँडफाँड, ३ लाख लगानीकर्ता हात खाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 05:20:09 PM मा प्रकाशित

laxmi  sunrise bank
साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आइपीओ बाँड्फाँड भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो।   

आईपिओमा कुल ४ लाख ५८ हजार ६  सय ४३ जनाले आवेदन दिएकोमा १० हजार ३१ जनाको आवेदन रद्द भएको छ  । बाँकि रहेका योग्य आवेदक मध्ये गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले समान १० कित्ता शेयर पाएका छन् । रितपुर्वक दरखास्त दिने ४ लाख ४७ हजार ८४९ आवेदक मध्ये १० देखि १००० कित्तासम्मको लागि आबेदन दिने ६६ हजार १५२ आवेदकलाई एकै समुहमा राखेर गोलाप्रथाबाट १० कित्ताका दरले आइपीओ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। 

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  । 

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ  । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ । आइपीओको नतिजा केहि समयपछि बिजपाटी डटकममा हेर्न सकिनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved