सिंगटी हाइड्रोको आईपिओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 08:32:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज ४ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दालाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेको हो ।

यस आईपिओमा दोलखाको बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले छिटोमा माघ १८ गतेसम्म र सो आवाशीसम्म पर्याप्त आवेदन नपरेको खण्डमा फागुन ३ गतेसम्म आवेदन दिन सक्ने छन् । आईपिओ निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

 नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २१ गते शेयर निष्काशनको अनुमति दिएको हो ।  स्थानीयलाई पछि कम्पनीले सर्बसाधारणलाई २९ लाख कित्ता शेयर निष्काशन गर्ने छ  ।  

कम्पनीले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved