मध्य भोटेकोशीको आईपिओमा ५ करोड बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2021 | 07:03:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयको लागि निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा ५ करोड बढीको आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा ५  करोड ८८ लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आईपिओमा ३ हजार ३ सय ६९ जना आवेदकबाट ५ लाख ८८ हजार ३ सय ६० कित्ताको लागि आवेदन परेको हो  । 

कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.)बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन हुने छ ।यस आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गते सम्म आवेदन दिन सकिने छ

कम्पनीको आईपिओ ईसेवा, आईएमई पे, तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट अनलाइन मार्फत पनि भर्न सकिन्छ । पहिलो चरणमा आईपिओ भरेका कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरुसंस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरूले भने यसमा आवेदन दिन पाउने छैनन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved