होटल अलफ्ट अब पब्लिक कम्पनी, कहिले ल्याउँछ आईपीओ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 03:49:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचतारे होटल अलफ्ट प्राइभेट कम्पनीबाट पब्लिक कम्पनी बनेको छ । २ वर्ष अघिबाट सञ्चालनमा आएको यो पाँचतारे होटल कोरोना भाइरसको कहरकै बीचमा पब्लिक कम्पनी बनेको हो । कोरोना कारण होटल क्षेत्र थलिएकै समयमा अलफ्ट पब्लिक कम्पनी बनेपछि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने बाटोमा अघि बढेको अनुमान गरिएको छ ।

तर, होटल व्यवस्थापकले भने तत्कालै आईपीओमा गइहाल्ने सम्भावना नरहेको बताएको छ । होटल सञ्चालनमा आउनु अगाडी नै सञ्चालकहरुले पब्लिक कम्पनी बनाउन चाहेका थिए । तर, त्यतिबेला केही प्रक्रियाका कारण रोकिएको काम अहिले भएको हो ।

आईपीओ ल्याउन पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया पूरा गर्दै जाने र केही वर्षपछि आईपीओ निष्काशन गर्ने तयारी थालिएको सञ्चालकहरुले बताएका छन् । होटलका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठका अनुसार अर्को वर्षबाटै आईपीओको प्रक्रिया सुरु हुनेछ ।

यो होटलका लगानीकर्ता मध्येका एक पृथ्वीबहादुर पाँडेले सुरुमा नाफा कमाएपछि मात्रै आईपीओमा जाने सोच राखिएको बताएका छन् । अन्तरराष्ट्रिय चेन होटल चेन मेरियटकै ब्राण्डमध्येको एउटा अलफ्टका मुख्य लगानीकर्ता नै पाँडे हुन् । 

यो होटल ठमेलमा छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved