सानिमा लाइफको आईपीओ बाँडफाँड, ५४ सयको आवेदन रद्द, १७ लाख ६८ हजारको हात खाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2021 | 11:33:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार ५ लाख ४० हजारले १० कित्ताका दरले आईपीओ पाएका छन् ।

२४ लाख १९ हजार १ सय २७ जनाले आवेदन दिएकोमा ५ हजार ४३४ आवेदकको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८ हजार १२२ जनामध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन् । 

रितपूर्वक आवेदन दिएका मध्ये पनि १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ ।

कम्पनीले श्रावण २० गतेबाट ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved