कति मूल्यमा आउँछ रिलायन्स स्पिनिङको आईपीओ ? यसो भन्छन् पवन गोल्यान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2021 | 04:46:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले प्रक्रिया सुरु गरिसकेको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा प्रक्रिया सुरु गर्न अन्तिम तयारी गरिरहेको रिलायन्स स्पिनिङ्ग मिल्सले बिक्रि प्रवन्धकमा यसअघि नै ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।

कम्पनी र बिक्रि प्रबन्धकले गर्नुपर्ने सबै काम करिब करिब सकिएको र अहिले लेखा परीक्षणको काम भईरहेको कम्पनीका अध्यक्ष पवन गोल्यानले जानकारी दिए । नेप्सेले बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउने कम्पनीहरुका लागि कार्यविधि तयार गरिसक्नासाथ आफूहरु प्रक्रियामा जान तयारी अवस्थामा रहेको उनको भनाई छ ।

मूल्य कति ?

कति मूल्यमा आईपीओ निष्काशन गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । तर, गोल्यानका अनुसार प्रति कित्ता ४ सय रुपैयाँभन्दा बढी नै पर्छ ।

‘हाम्रो कम्पनीको बुक भ्यालु २ सय छ, यो हिसाबले ४ सय त सजिलै परिहाल्छ’ उनले बिजपाटीसँग भने, ‘तर हामीलाई ४ सयमा आईपीओ ल्याउन किन बुक बिल्डिङमा जानुपर्छ र ? २० प्रतिशत डिभिडेन्ड क्यापासिटी भएको कम्पनी हो, त्यसैले ४ सयमा पाइँदैन, यत्ति नै हुन्छ भनेर अहिले भन्न सकिँदैन ।’

गोल्डेन सेयर दिँदैनौँ

अध्यक्ष गोल्यानले कम्पनीले कसैलाई पनि गोल्डेन सेयर नदिने स्पष्ट पारेका छन् । २५ वर्ष पूरानो र निर्यातमूलक उद्योग भएकाले हरेक वर्ष नाफा दिन सक्ने तर कसैलाई पनि गोल्डेन सेयर दिएर खुशी पार्ने काम कम्पनीले नगर्ने उनको प्रष्टोक्ति छ ।

‘अहिले भईरहेका सेयरधनीहरुलाई पनि अहिले नै राइट सेयर नदिने नीति हो हाम्रो’ उनले भने, ‘पब्लिकको पैसा लिएर अझ बढी राम्रोसँग चलाउने प्लानमा छौँ, कसैलाई गोल्डेन सेयर दिईयो भने कुनबेला कस्तो लफडामा परिने हो ठेगान हुन्न, त्यसैले हामी कसैलाई दिँदैनौँ ।’

कम्पनीले बुक विल्डिङ विधिबाट १४ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कुल १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र बाँकि ६० प्रतिशत सर्वसाधारणका लागि निष्काशन हुनेछ । 

२०५१ सालदेखि सञ्चालनमा रहेको कम्पनीले हाल ४ हजार ३ सय बढीलाई रोजगारी दिएको छ ।। नेपालकै सबभन्दा ठूलो धागो उद्योग मानिने रिलायन्स स्पिनिङ मिल्सले ७० प्रतिशत उत्पादन निर्यात गर्दै आएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved