न्यादीको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2021 | 04:35:41 PM मा प्रकाशित

laxmi  sunrise bank

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओमा पहिलो दिन नै ३ लाख ९० हजार बढीले आवेदन दिएका छन् । आज पहिलो दिन दिउँसोसम्म ३ लाख ९० हजार ३७५ आवेदकले ५० लाख ७१ हजार ६४० कित्ता सेयरका लागि आवेदन दिएका छन् । 

उनीहरुले ५० लाख ७१ हजार ६४० कित्ता सेयरका लागि ५० करोड ७१ लाख ६४ हजार बराबरको आवेदन दिएका हुन् ।

कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ  बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ । बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्। 

शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा सर्बसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved