साहस उर्जाको आईपीओ बाँडफाँड, झन्डै १२ हजारको आवेदन रद्द, १७ लाख ३९ हजारको हात खाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 09:21:24 AM मा प्रकाशित

साहस उर्जाले निष्काशन गरेको आइपीओ आज बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यलयमा आज एक कार्यक्रम मार्फत आइपीओ बाँडफाँड भएको हो। 

साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन्।

कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ।  रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन्।

कुल आबेदन मध्ये ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ भने ५ हजार २ सय ८५ वटा आबेदन डीसक्यालीफाईड भएका छन्।  

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म आइपीओ बिक्रि खुला गरेको थियो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो । 

७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved