जाल्पा लघुवित्तको आइपीओमा दोस्रो दिननै ४५ गुणा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 10:30:24 AM मा प्रकाशित

laxmi  sunrise bank

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको साधारण सेयरमा झन्डै ४५ गुणा बढीको आबेदन परेको छ। जाल्पाले २१ माघदेखि निष्काशन गरेको ५ लाख २२ हजार कित्ताको लागि झन्डै ४५ गुणा बढीले आबेदन परेको हो। 

सिडीएससीका अनुसार आइपीओ निष्काशनको दोस्रो दिन आइतबार बेलुका ५ बजेसम्म १७ लाख ५४ हजार ८ हजार जनाले २ करोड १७ लाख ४९ हजार ४९० कित्ताको लागि आबेदन दिएका छन्। जुन झन्डै ४५ गुणाले बढी हो। 

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आईपिओमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २२० कित्ताका लागि दिन सकिने छ। 

तर यो आईपिओ गोलाप्रथाबाट ४८ हजार ७९० जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  । 




     

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved