रावा इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2022 | 04:54:48 PM मा प्रकाशित

laxmi  sunrise bank

रावा इनर्जी डेभलपमेन्टले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ माघ २६ गते बुधबार सम्पन्न भएको हो । सम्झौतामा रावा इनर्जी डेभलपमेन्टका तर्फबाट कम्पनीका अध्यक्ष बद्री प्रसाद गौतम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । 

कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरीरहेको छ । ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ । 

कम्पनीले हाल कायम जारी पूँजी २० करोडमध्ये स्थानीयका लागि १० प्रतिशत वापत २ करोड रकम बराबरको २ लाख कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved