राष्ट्र उत्थानको आइपीओमा आबेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आबेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 09:49:14 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयरमा आबेदन दिने आज अन्तिम दिन हो। राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेकोमा माग भन्दा बढी आबेदन परेकाले आजसम्म आबेदन दिन सकिने भएको हो।

इच्छुकले न्युनतम १० र अधिकतम १००० कित्तासम्मको लागि आबेदन दिन सक्नेछन। तर माग भन्दा बढी आबेदन परेकाले गोलाप्रथा प्रणालीबाट आइपीओ वितरण हुने भएकाले न्युनतम १० कित्ताको लागि मात्रै आबेदन दिंदा उचित हुन्छ। 

राष्ट्र उत्थानले निष्काशन गरेको आइपीओमा शुक्रबार ५ बजेसम्म झन्डै ३१ गुणा बढीले आबेदन परेको छ। सिडीएससीकाअनुसार शुक्रबार बेलुका ५ बजेसम्म २० लाख ६७ हजार ४४३ जना आवेदकबाट २ करोड ४१ लाख ६८ हजार ६४० कित्ताको लागि आबेदन परेको छ। 

जबकी राष्ट्र उत्थानले निष्कासन गरेको ८ लाख ५० हजार कित्ता मध्ये सर्वसाधारणको  ७ लाख ९४ हजार ५०० कित्ता छुट्याएको थियो।  ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ।   

सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 

कम्पनी परिचय

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी  मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३९ जिल्लामा रहेका ९५ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ  । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट  लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो ।

पूँजी संरचना

कम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी  छब्बिस करोड रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी सत्र करोड पचास लाख रुपैया रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी   छब्बिस करोड हुनेछ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ  ।

संस्थापक÷सञ्चालक विवरण

कम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved