नेष्डो समृद्द लघुवित्तको आईपिओ बाँडफाँड भोलि १ बजे, २५ लाख आवेदकको हात खाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2022 | 03:54:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भोलि मंगलबार हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले भोलि मंगलबार  दिउँसो  १ बजे येलो पेगोडा होटेल जमलमा  शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीको आईपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिन गत आइतबार बेलुका ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ जना आवेदकबाट ३ करोड १ लाख १३ हजार ७ सय कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ३८.८७ गुणा बढी हो ।  

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको थियो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । 

जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो । 

कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ ।

७७ हजार ४ सय ५६ जनाले मात्र शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएकामध्ये २५ लाख बढी आवेदक हात खाली हुने छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved