बुद्धनगर एग्रो फार्मले आईपिओ निष्काशन गर्ने, एनआईसी एशिया क्यापिटल बिक्रि प्रबन्धक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2022 | 03:05:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्धनगर एग्रो फार्म लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । रुपन्देहीको मिलनचोेकमा रहेको यस कम्पनीले आईपिओ निष्काशन गर्नको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुत गरेको छ  । 

क्यापिटलले प्रदान गरिरहेको 'आईडीया टु आईपिओ' सेवा अन्तर्गत कम्पनीले आईपिओ निष्काशन गर्न लागेको हो ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) निष्काशन गर्न लागेको हो  । आईपिओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो । 

एन आई सी एशिया क्यापिटलको  'आईडीया टु आईपिओ' सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आइपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आईपिओ जारी गर्ने व्यवस्था मिलाउने जनाएको च । क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षेमा परामर्श सेवा समेत उपलब्ध गराउने सम्बन्धी समेत दुई पक्षिय सम्झौता भएको उल्लेख गरेको छ । 

 'आईडीया टु आईपिओ' सेवा अन्तर्गत क्यापिटलले कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आइपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।   

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved