ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 09:01:43 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन भेन्चर्स लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । 

कम्पनीले चैत्र ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणलाई आईपिओ  बिक्रि खुला गरेको थियो । 

कम्पनीले सर्वसाधारणलाई ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार शेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुट्याईएको थियो ।

बाँकि रहेको २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए । 

कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये ५ हजार १३३ आवेदकको आवेदन रद्द भएको छ । बिक्रि प्रवन्धक लक्ष्मी क्यापिटलका अनुसार २१ लाख ६ हजार ५१६ आवेदकको आवेदन मात्रै मान्य भएको छ ।

यी मध्ये २ लाख ८७ हजारले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई शेयर निष्काशन गरेको थियो । अब सर्वसाधारणलाई आईपिओ निष्काशन गरेपछि कम्पनीको सेयर संरचना ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको हुनेछ भने चुक्तापुंजी ३ अर्ब १२ करोड पुग्नेछ। 

कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved