बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा स्थानीय बासीका लागि आईपीओ बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 11:59:40 AM मा प्रकाशित

laxmi  sunrise bank

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ११ गतेबाट प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड मूल्यका १० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले जारी पूँजी १ अर्बको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागिएको जनाएको छ । १० लामध्ये ७ लाख कित्ता सेयर आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ५, ६ र ७ तथा कास्कीको मादी गाउँपालिकाको वडा नम्बर ८ र ९ का स्थानीय बासिन्दाहरुका लागि छुट्टाइएको छ ।

बाँकी ३ लाख कित्ता सेयर लमजुङको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिकाका बाँकी सबै वडाहका स्थानीयका लागि छुट्याईएको छ । 

बैशाख ११ गतेबाट बिक्रि खुल्ने आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले बैशाख २५ गते गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा वा माग अनुसारको आवेदन नपरेको खण्डमा जेठ ९ गतेसम्म आईपीओको बिक्री खुला रहनेछ ।

स्थानीयले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । स्थानीयबासिले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा र सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की र बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा र बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्रि गर्नेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved