अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 12:21:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र  बोर्डले हिजो बैशाख ७ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । 

बोर्डबाट अनुमति पाएसंगै कम्पनीले आयोजना प्रभावित र स्थानीयलाई गरि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved