रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 08:32:32 AM मा प्रकाशित

laxmi  sunrise bank

रिभर फल्स पावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिनका लागि आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभाका वासिन्दालाई ७ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

यस आईपिओमा आयोजना प्रभावित स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । आईपिओमा छिटोमा आज बैशाख ११ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा बैशाख २६ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।

कम्पनीले आयोजना प्रभावित र स्थानीयलाई गरि कुल ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ  । स्थानीयलिई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । 

 रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्त भित्र आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved