दोस्रो दिनमै ७२ प्रतिशत इकाई बिक्यो एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 09:16:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बिक्रि खुला गरेको दोस्रो दिनमै एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीओको ७२ प्रतिशत इकाई बिक्रि भएको छ। प्रति इकाई १० रुपैयाँ अंकित १० करोडको इकाई दोस्रो दिनमै ७२ प्रतिशत इकाई बिक्रि भएको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

क्यापिटलकाअनुसार एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीओ मा साँझ ६ बजेसम्म ४०,४३८ आवेदकबाट ७२ करोड भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको छ ।  

एनआईसी एसिया क्यापिटलले जेठ १९ गतेदेखि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीओ बिक्रि खुला गरेको हो। इच्छुक लगानीकर्ताले यहि जेठ २४ गतेसम्म आबेदन दिन सक्नेछन।   

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ । 

उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप, मिडक्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण गरी जुन क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ। 

सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिने क्यापिटलले जनाएको छ। उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा

सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुकोशाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको “मेरो शेयर” सफ्टवेयर मार्फत आवेदन दिनु पर्नेछ ।

उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ। इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन्।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved