अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्यो, कति दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 09:07:36 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गते (आज) देखि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड नै सकिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । 

कम्पनीले गत जेठ १० गतेदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ५ करोड मूल्यका ५ लाख कित्ता साधारण सेयर जारी गरेको थियो ।

पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६० मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिसकिएको छ । कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारस्थित सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट थप ४.३० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको थियो । यो आयोजनाबाट जम्मा १४.९० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।

२०६७ कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७३ मंसिरमा सम्पन्न भएको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved