तोकियो सर्वोत्तम सिमेन्टको ‘कट अफ’ मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 07:18:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयरको ‘कट अफ’ मूल्य तोकिएको छ । सर्वोत्तम सिमेन्टको सेयरको कटअफ प्राईस प्रतिकित्ता ५०१ रुपैयाँ तोकिएको छ । 

नेपाल स्टक एक्सचेन्जमा कम्पनीले मागेको आशय मूल्यको बिड खोलिएको हो । 

सर्वोत्तमको सेयरका लागि ६५ ओटा संस्थागत लगानीकर्ताले बिड गरेका थिए । कम्पनीले संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर छुट्याएको छ ।

अब आज तोकिएको आशय मूल्यको आधारमा सेयर बिक्री मूल्यसहित कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिनेछ ।

बुक विल्डिङ विधीअनुसार कम्पनीले कट अफ प्राइसमा २० प्रतिशत थप गरेर आधार मूल्य तय गर्ने भएकाले सर्वोत्तमको सेयरको आधार मूल्य प्रतिकित्ता ६०१ रुपैयाँ २० पैसा हुनेछ । कम्पनीले उक्त आधार मूल्यमा पनि थप २० प्रतिशत जोडेर प्रतिकित्ता सेयर ७२१ रुपैयाँ सम्ममा बिक्री गर्न सक्नेछ ।

सर्वसाधारण लगानीकर्ताले भने कट अफ मूल्य भन्दा कममा नै सेयरमा आवेदन दिन पाउने छन् । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ ।

कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। 

यसअघिः

सर्वोत्तम सिमेन्ट आईपिओ: २४ लाख कित्ता शेयरको लागि आजबाट आशयपत्र पेश गर्ने समय

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved