प्रिमियममा आइपीओ निष्काशनको विकृति रोक्न लगानीकर्ताको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 07:07:00 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियमको नाममा आइपीओ निष्काशनमा विकृति बढेको भन्दै यस्तो कदम रोक्नलाई लगानीकर्ताले माग गरेका छन्। प्रिमियम मुल्यमा जथाभावी आइपीओ निष्काशन गरिएको आरोप लगाउदै लगानीकर्ताका संघ सँस्थाले यस्तो माग गरेका हुन। 

निवर्तमान अर्थमन्त्री वर्षमान पुनलाई भेटेर नै लगानीकर्ताले प्रिमियम मुल्यमा आइपीओ निष्काशनको विकृति रोक्न माग गरेका हुन। कमजोर वित्तीय विवरण भएका कम्पनीहरूको आइपिओ प्रिमियममा आउँदा दोस्रो बजारलाई असर पारेको भन्दै लगानीकर्ताले यस्तो विकृति रोक्न अर्थमन्त्री पुनलाई सुझाव दिएका छन्। 

प्रिमियम मुल्यमा नै आइपीओ निष्काशन गर्नुपर्ने भए त्यस्ता कम्पनीलाई बुक बिल्डिङ विधिमार्फत आइपिओ जारी गर्न प्रोत्साहित गर्नुपर्ने लगानीकर्ताको माग रहेको छ। राम्रा कम्पनी भए बुक बिल्डिङ प्रणालीमा पारदर्शी रूपमा आइपिओ बिक्रीको स्वीकृति दिनुपर्ने तर आइपीओ निष्काशनको नाममा अंकित मूल्यभन्दा बढीमा सेयर बिक्रीमा प्रतिबन्ध नै लगाउनुपर्ने लगानीकर्ताको भनाइ छ । 

हाल एक दर्जन बढी कम्पनी प्रिमियम मुल्यमा आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा छन्। ह्याम्स हस्पिटलले अंकित मूल्यमा एक सय ८८ रुपैयाँ, सौर्य सिमेन्टले अंकित मूल्यमा एक सय ६५ दशमलव ५१, मारुती सिमेन्टको अंकित मूल्यमा दुई सय ७७, जगदम्बा सिमेन्टको अंकित मूल्यमा दुई सय रुपैयाँ थपी प्रिमियम मूल्यमा आइपिओ निष्कासनको प्रस्ताव राख्दै बोर्डको अनुमतिको पर्खाईमा छन्। 

नयाँ अध्यक्ष आएपछि मात्र अहिले पाइपलाइनमा रहेका कम्पनीले अनुमति पाउने नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए । प्रक्रियामा गएका कम्पनीलाई हेरेर निष्कासनको अनुमति दिईने भएपनि प्रिमियमकोहकमा नयाँ अध्यक्ष आएपछि निर्णय हुने उनको भनाई छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved