विराजको फिल्मलाई विकास बजेटको १० लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 12:56:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नायक विराज भट्टको निर्माण तथा निर्देशनमा बन्दै गरेको चलचित्र ‘साङ्लो’ मा डोटीको जोरायल गाउँपालिकाले लगानी गर्ने भएको छ । गाउँपालिकाले बिकास निर्माणको लागि छुट्याएको १० लाख रुपैयाँ फिल्ममा लगानी गर्ने भएको हो । गाउँपालिकाको जेठ २७ को बैठकले उक्त चलचित्रलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले चलचित्रमा डोटीका संस्कृति तथा बिभिन्न रमणिय स्थानहरु खिचिएकोले पर्यटन प्रवद्र्धन हुने भएकाले पैसा दिईएको बताए । उनले भने ‘यो रकम निर्माताको गोजीमा हाल्न हैन, निर्माण टिमलाई खान, बस्न र यातायात खर्चका लागि दिएको हो ।’ उक्त चलचित्रमा दुर्गादत्तले पनि अभिनय गर्नेछन् ।

फिल्ममा विराज भट्टको साथमा नायिका निकिता चण्डकको मुख्य भूमिका रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved