साधारण सेयरमा परिणत भयो उदयपुर सिमेन्टको ३३८ करोड ऋण, एक साथ गर्यो १४ वर्षको साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2021 | 10:05:00 AM मा प्रकाशित

laxmi  sunrise bank

उदयपूर सिमेन्ट उद्योगले अधिकृत पूँजी बढाउने प्रस्ताव पारित गरेको छ । उद्योगको २० औँ देखि ३३ औँ सम्मको एकैपटक आयोजना भएको वार्षिक साधारणसभाले हाल कायम रहेको ४ अर्ब अधिकृत पूँजी १० अर्ब कायम गर्ने प्रस्ताव पारित गरेको हो ।

उद्योगले आफ्नो नाममा रहेको ऋणको सावाँ १ अर्ब ७२ करोड ५० लाख र ब्याज रकम १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय गरी कुल ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सयलाई साधारण सेयर कायम गरी सरकारको साँवा तथा ब्याज रकम साफसाफ गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय बराबरको साधारण सेयर जारी गरेपछि सो हदसम्म उद्योगको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र उद्योगको प्रवन्धपत्र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित भएको उदयपूर सिमेन्ट उद्योग लिमिटेडका महाप्रवन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।

साधारणसभाले उद्योगले पारित गरेका प्रस्तावहरुमा नियमनकारी निकायहरु उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले संशोधन परिवर्तन वा थपघट गर्न निर्देशन दिएमा निर्देशन अनुसार आवश्यक संशोधन गर्न महाप्रवन्धकलाई अख्तियारी प्रदान गरेको छ । 

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको वासलात र सोही मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नोक्सानको बाँडफाँड तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पनि पारित गरेको छ । योसँगै लेखा परीक्षक नियुक्ति र सञ्चालक समितिका सदस्यहरुको नियुक्ति तथा हेरफेर गर्ने प्रस्ताव पनि पारित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved