बजरङ्ग स्टिलले प्राप्त गर्यो नेपाल गुणस्तर चिन्ह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 01:31:25 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वस्तिक रोलिङ मिल्सद्वारा उत्पादित बजरङ्ग  स्टिलले नेपाल गुणस्तर चिन्ह १९१ प्राप्त गरेको छ। उत्पादन शुरु गरेको छोटो अवधिमा नै बजरङ्ग  स्टिलले नेपाल गुणस्तर चिन्ह प्राप्त गर्न सफल भएको हो ।

मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिकामा रहेको स्वस्तिक रोलिङले बजरङ्ग  ब्राण्ड अन्तर्गत टि एम टि छड, एङ््गल, च्यानल र आइ बिम उत्पादन गर्दै आइरहेको छ । 

प्रतिष्ठित व्यापारिक घराना गोल्छा, राठी र प्रतिष्ठित ब्यापारीहरु जीवन रिजाल र इन्तकाब अहमद मियाको २ अर्ब ५० करोडको संयुक्त लगानीमा संचालनमा आएको स्वस्तिक रोलिङ्ग मिल्सले निकट भबिस्यमा नै नेपालभर आफ्नो बिक्री बितरण गर्ने भएको छ । आफ्नै मेल्टिङ युनिट रहेको उक्त उद्योगमा दैनिक ५०० टन उत्पादन क्षमता रहेको छ ।

उद्योगले ७ देखि ४० एमएम सम्मका टीएमटीको उत्पादन गर्नेछ । बजरङ्ग स्टिल नेपालकै सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिबाट उत्पादन भैरहेको कम्पनिको दावी छ । उद्योगले उत्पादन गरेको टीएमटीको ग्रिपिङ गुणस्तर अत्यन्त अत्याधुनिक रहेको कम्पनीले जनाएको छ । उत्पादित टीएमटीको प्रयोग ठुलाठुला जलविद्युत् आयोजना, सडक, बहुतले भवन, पुल र सबै खाले प्रोजेक्टमा प्रयोग गर्न सकिने बताइएको छ। कम्पनीले ७ एम एम देखी ३२ एम एम सम्मको टी एम टी उत्पादन गर्दछ । प्रतिष्ठित नेपाल गुणस्तर चिन्ह ८ देखि ३२ एम एम सम्मको टी एम टी छडले प्राप्त गरेको छ। नेपाली बजारमा गुणस्तरीय स्टिल उत्पादन गर्ने थप जिम्मेवारी पाएको र गुणस्तरको प्रतिवद्दता लाई सधै मनन गर्ने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved