जनसेवी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ लाख मुनाफा आर्जन गरेको छ । १० जिल्ला पर्वत, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गोरखा, तनहुं, लमजुङ, कास्की र गुल्मी कार्यक्षेत्र भएको संस्थाले हाल २१ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ ।
हाल यस वित्तीय संस्थाको अधिकृत पूँजी ३० करोड, जारी पूंजी १४ करोड र चुक्ता पूंजी ९ करोड ८० लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले जानकारी दिए । यस संस्थाले सर्बसाधारणका लागी ४ करोड ६३ लाख ३० हजार रुपैया बराबरको सेयर निस्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतीका लागी निवेदन दर्ता गरेको छ ।
ययस लघुवित्तले स्याङ्जा, पाल्पा, मकबानपुर, दाङ र चितवनमा समेत कार्यक्षेत्र थपको प्रस्ताब सहित स्वीकृतीका लागी नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ ।