
डिप्रोक्स लघुवित्त Deprosc Laghubitta Bittiya Sanstha को अध्यक्षमा दिपक खनाल सर्वसम्मत चयन भएका छन् । कम्पनीको चैत्र २० गतेको संचालक समितिको बैठकले लुम्बिनी विकास बैंकको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने खनाललाई सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
खनाल लुम्बिनी विकास बैंकमा चिफ म्यानेजरको रुपमा छन् ।
कम्पनीको चैत्र २० मै सम्पन्न साधारणसभाले खनाल सहित यज्ञप्रसाद न्यौपाने र गणेश कुमार केसीलाई आगामी ४ वर्षको लागि निर्विरोध संचालकमा चयन गरेको थियो । न्यौपाने कृषि विकास बैंकबाट र केसी विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स नेपाल) बाट प्रतिनिधित्व गर्दै संचालक चयन भएका हुन् ।