एनआईसी एसिया लघुवित्तका कर्मचारीलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2021 | 12:00:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्थाlले आफ्ना कर्मचारीलाई तालिम प्रदान गरेको छ ।  कम्पनीले लुम्बिनी प्रदेश र कर्णाली प्रदेश अन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा गरी २५० जना भन्दा बढी कर्मचारीहरुलाई विभिन्न मितिमा १ दिने व्यवसाय प्रवद्र्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको हो । 

संस्थाका कर्जास्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगाना, व्यवसाय प्रवद्धर्न विभागका राकेश श्रेष्ठ र कर्जा विभागका रमेश खनालले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्ष २०७८÷७९ को लक्ष्यको जानकारी, व्यवसाय विस्तारका रणनीतिहरु, शाखा तथा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तरीयता, समुह प्रवेश पूर्व तालिम र कर्मचारी उत्प्रेरणा लगायतका विषयवस्तुहरु प्रशिक्षण दिएका हुन् ।

यस आर्थिक वर्षमा लघुवित्त क्षेत्रकै सबल, सक्षम एवं विश्वसनीय लघुवित्त बनाउनका लागि यस्ता खालका तालिम कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने र कर्मचारीहरुले सदस्यहरुलाई कर्जा सेवा प्रवाह गर्दा परिस्कृत सेवा दिन सक्ने कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगाना बताए । 

कम्पनीले मुलुकभर ७३ जिल्लामा २७२ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved