एनआईसी एशिया लघुवित्तले गर्यो वित्तीय साक्षरता र सरसफाई कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 02:56:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आईसी एशिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha  ले मोरङ्ग जिल्लाको सुनवर्षी नगरपालिकाको अमरदहमा वित्तीय साक्षरता साथै सरसफाई कार्यक्रम गरेको छ । शाखा कार्यालय अमरदहले करिब १०० जना स्थानियहरुको सहभागितामा दुई दिने जनचेतनामुलक कार्यक्रम गरेको हो । 

वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्तव, नोटको जतन, वीमा, विप्रेषण, वित्तीय साक्षरताको महत्तव, बैंकका प्रकार, डिजिटल्याईजेशन लगाएतका विषयमा भिडियो तथा दुश्य सामाग्री प्रस्तुत्त गरिएको कम्पनीले जनाएको छ। 

त्यस्तै सफा, स्वच्छ तथा सुन्दर अमरदहको नारा सहित अमरदह बजार परिसार साथै वरिपरिका अन्य स्थान सरसफाई गरिएको कम्पनीले उल्लेख गरेको थियो । सरसफाईमा स्थानीय युवा, युवम क्लब, महिला, नेपाल प्रहरी, बजार व्यवस्थापन समिति सहभागी थिए । अगामी दिनमा समेत सरसफाई कार्यक्रम अयोजना गर्न सहज हुने अभिप्रायका साथ संस्थाले बजार व्यवस्थापन समितिलाई डस्टविन साथै झाडु समेत प्रदना गरिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved