लघुवित्तले अन्य कम्पनीको शेयरमा लगानी गर्न नपाउने, गरेको भए असारसम्म बेचिसक्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 03:49:53 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त कम्पनीहरुले कुनै पनि संगठित संस्थाको शेयरमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै यस्तो ब्यबस्था गरेको हो ।

जस अनुसार अब लघुवित्तले संस्थाले संगठित संस्थाको शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाइने छैन । हाल कायम रहेका यस्ता लगानीहरु २०७९ साल असार मसान्तभित्रमा विनिवेष गरिसक्नु पर्नेछ ।

यस अघि भने घ वर्गका संस्थाहरुले घ वर्गकै अन्य संस्थाहरुद्घारा जारी भएका शेयर सुरक्षणपत्र वा अन्य कुनै पुँजी उपकरणहरुमा लगानी गर्न नपाइने ब्यबस्था थियो । अब भने कुनै पनि संगठित संस्थाको शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाइने भएको हो ।

राष्ट्र बैंकले  “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकत निर्देशन, २०७७ मा संशोधन परिमार्जन थप गरि सोही बमोजिम गर्न गराउन आज मंगलबार नयाँ निर्देशन जारी गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved