आँधिखोला लघुवित्तद्धारा त्रैमासिक समिक्षा र व्यवसाय प्रवद्र्धन तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2022 | 05:30:30 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्तले त्रैमासिक समिक्षा तथा व्यवसाय प्रवद्र्धनात्मक तालिम सम्पन्न गरेको छ । 

आ.व २०७८/७९ को दोश्रो त्रैमासिक समिक्षा तथा आगामी रणनीतिक गोष्ठी तथा व्यवसाय प्रर्वद्र्धनात्मक तालिम पोखराको लेक साइडमा सम्पन्न गरिएको कम्पनीले जनाएको छ । फागुन २८ देखि ३० गतेसम्म समिक्षा तथा तालिम कार्यक्रम चलेको हो ।

संस्थाका अध्यक्ष तथा लघुवित्त वैकर्स संघका कोषाध्यक्ष नरेश के.सी. सञ्चालकहरु विद्या श्रेष्ठ, युक्त वहादुर सुवेदीको समेत उपस्थिीती रहेको सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी., नायव  कार्यकारी प्रमुख वावुराम कुँवरको उपस्थिती रहेको थियो ।

संस्थाको चुक्ता पुँजी १० करोड रहेको छ । संस्थामा हाल २० हजार ग्राहक सदस्यहरु मध्ये १० हजार बढी सदस्यले करिब १ अर्ब ३० करोड कर्जा लिई व्यवसाय संचालन गरिरहेको र वचत परिचालन ४३ करोड भन्दा वढि रहेको छ ।  हाल सो संस्थाको धौलागिरी लघुवित्त वित्तीय संस्थाको डिमर्जरका कारण सर्वसाधरण शेयर कारोबार रोक्का रहेको छ ।

स्याङजाको भीरकोट न.पा.–१ बयरघारीमा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तले ११ जिल्लाका १९ कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved